Skip to content

गार्डियन माइक्रो लाइफको सेयर मूल्यमा आज पनि सकारात्मक सर्किट

nabil bank

काठमाडौं । बिहीबार पनि गार्डियन माइक्रो लाइफको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । अघिल्ला दिनहरुमा पनि सकारात्मक सर्किट लागेर कारोबार भएको कम्पनीको सेयर मूल्य आज पनि सकारात्मक सर्किट लागेको हो ।

आजको कारोबार खुल्न वित्तिकै यो कम्पनीको सेयर मूल्य १५२ रुपैयाँले बढेर १ हजार ६७२ रुपैयाँ २० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो । कुनै पनि कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएमा सकारात्म सर्किट लागेर कारोबार बन्द हुन्छ ।

यो अवस्थामा सेयर बजार परिसूचक ९ दशमलव ७८ अंकले बढेर २८३० दशमलव ९२ विन्दुमा पुगेको छ । २३ मिनेटको कारोबार अवधिमा सेयर बजारमा १ अर्ब भन्दा माथिको कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime