Skip to content

निर्धारित समयमा कार्यसम्पादन मूल्यांकन प्रतिवेदन नआएकाले मूल्यांकन गर्न सकिएन : ऊर्जामन्त्री

nabil bank
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिनुहुँदै । तस्बिरः रत्न श्रेष्ठ/रासस

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तोकिएको समयमा कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदन नबुझाएकाले मन्त्रालयले मूल्यांकन गर्न नसकेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदले उठाएका प्रश्नको जवाफमा मन्त्री खड्काले गत भदौ मसान्तमा बुझाउनुपर्ने कार्यसम्पादन मूल्यांकन प्रतिवेदन गत पुस मसान्तमा बुझाइएकाले कार्यकारी निर्देशक घिसिङको मूल्यांकन गर्न नसकिएको जानकारी दिए । पटकपटक आग्रह गर्दा पनि घिसिङले मन्त्रालयलाई अटेर गरेर म्याद सकिएपछि मूल्यांकन गर्न भन्दै आफैंले नम्बर तोकेर पठाएकाले समस्या भएको उनको भनाइ छ ।

डेडिकेटेड र ट्रङ्कलाइन बापत उठ्नपर्ने रु २२ अर्ब रकमसमेत प्राधिकरणको नाफाका रूपमा राखिएको पाइएको मन्त्री खड्काले बताए । विभिन्न विषयका कारण प्राधिकरणको नाफा एकिन गर्न नसकिएको उल्लेख गर्दै उनले वास्तविकता पत्ता लगाएर मात्रै सेयर बिक्री गरिने जानकारी दिए।

भारतबाट आयात गरिएको भन्दा नेपालबाट गरिने बिजुलीको निर्यात बढी हुने अवस्थामा पुगेको उल्लेख गर्दै मन्त्री खड्काले यस विषयमा आवश्यक अनुसन्धान गरिने बताए । उनले नीति, नियम तथा कानुन सबैले मान्नुपर्नेमा जोड दिँदै ऊर्जा मन्त्रालय पनि सोहीअनुसारको व्यवहार गर्नरगराउन लागिरहेको स्पष्ट पारे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime