Skip to content
Prabhu

सिन्धु विकास बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट

काठमाडौं । बिहीबारको सेयर कारोबार जारी रहँदा सिन्धु विकास बैंको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भइरहँदा यो कम्पनीमा भने नकारात्मक सर्किट लागेको हो ।

बैंकको सेयर मूल्य १२८ रुपैयाँ ८० पैसाले घटेर १ हजार १६१ रुपैयाँ २० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९८ प्रतिशतले कम हो । यो अवस्थामा समग्र सेयर बजार परिसूचक २ दशमलव ६९ अंकले घटेर २८१८ दशमलव ४३ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ६ अर्ब ३२ करोड बढीको कारोबार भएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्