काठमाडौं । चौधरी ग्रुपअन्तर्गत सेन्साई ब्रान्डले आउँदो गर्मी महिनालाई लक्षित गर्दै विभिन्न किसिमका नया नया मोडलका कुलरहरु नेपाली बजारमा भित्राएको छ ।
‘स्टे कुल स्टे कम्फर्टर्’ भन्ने नाराका साथ सेन्साईले डेसर्ट, मिनि डेसर्ट, पर्सनल र टावर कुलरहरु विभिन्न मोडल र क्षमताका साथै नया नया आकर्षक विशेषताहरुसहित बजारमा ल्याएको छ । यी कुलरहरु अब तपाईंहरुले आफ्नै रोजे जस्तो मूल्यमा खोजेको जस्तो कुलरहरु पाउन सक्नु हुनेछ । कम्पनीले यी कुलरहरुमा १२ महिनाको वारेण्टीसमेत प्रदान गरेको छ ।
जापनिज प्रविधिबाट निर्र्मित यी कुलरहरुमा इन्भर्टर कम्प्याटिबल, हनिकम्ब फर इफेक्टिब कुलिङ, कास्टोर हुइल फर इजी मोबिलिटी, ४वे सुइङ डिफ्लेक्सन, आइस च्यामबर, वाटर लेबल इन्डिकेटर आदि जस्ता आकर्षक विशेषताहरुले भरिपूर्ण छन् । इन्भर्टर कम्प्याटिबल भएको कारणले गर्दा यी कुलरहरु बत्ति नभएको बेलामा पनि इन्भर्टरबाट सजिलै चल्दछ ।
यिनीहरुमा हनिकम्ब भएकोले एकदमै चिसो दिन्छ । चारैतिर हावा प्रबाह गर्न यसमा ४वे सुइङ डिफ्लेक्सन जस्ता विशेषता पनि जडान गरिएको छ । कुलरलाई एक ठाउबाट अर्को ठाउमा लैजानलाई यसमा कास्टोर हुइल राखिएको छ ।
वाटर लेबल इन्डिकेटको मार्फतबाट कुलरमा कति पानी छ भन्ने सजिलै थाहा पाउन सकिन्छ । त्यस्तै अझै धेरै चिसोको लागि यसमा आइस च्यामबर पनि राखिएको छ । यी कुलरहरुले ५००० m3/hr सम्म हावा प्रवाह गर्ने हुनाले यसले तपाईहरुलाई थोरै समयमा नै कुल बनाउँछ ।
चौधरी ग्रुपअन्तर्गत सीजी इलेक्टो«निक्स् डिभिजनमा नेपालकै एकमात्र आधिकारिक बिक्रेताका रूपमा ईओएल प्राइभेट कम्पनीमार्फत सेन्साईका कुलरहरु बिक्री वितरण भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्