Skip to content

१८० मेगावाटको कालीगण्डकी गर्ज जलविद्युत आयोजनामा लगानी गर्न बैंकहरुबीच सम्झौता

nabil bank

काठमाडौं । लक्ष्मी सन्राइज बैंकको अगुवाईमा सहवित्तीयकरणमा सहभागी बैंकहरु र कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालिबीच उक्त कम्पनीले मुस्ताङ तथा म्याग्दी जिल्लामा अवस्थित कालीगण्डकी नदीमा निर्माण गर्ने १८० मेवा क्षमताको कालीगण्डकी गर्ज जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता भएको छ ।

आयोजनाको कुल लागत ३९ अर्ब ५० करोड २४ लाख रहेको छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्नेछ ।
कालीगण्डकी गर्ज जलविद्युत आयोजनाले २०७५ फागुन २७ गते विद्युत विकास विभागबाट विद्युत उत्पादनको अनुमति लिनुका साथै २०७९ फागुन १७ गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौतासमेत गरिसकेको छ । सो कम्पनीको मुख्य प्रबर्द्धकको रुपमा संघई ग्रुप, विशाल ग्रुप तथा ज्ञानेन्द्रलाल प्रधान छन् ।

सो परियोजना निमार्णको लागि लक्ष्मी सन्राइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएका छन् भने बाँकी २५ प्रतिशत रकम सो कम्पनीका संस्थापक तथा सर्वसाधारणबाट लगानी हुनेछ ।

लक्ष्मी सन्राइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिवद्धता ९ अर्ब रुपैयाँ रहेको छ भने सह–अगुवा बैंकहरुको रुपमा रहेका ग्लोबल आइएमइ बैंकको ७ अर्ब १२ करोड ६० लाख रुपैयाँ र सिद्धार्थ बैंकको ५ अर्ब रुपैयाँ रहेको छ । अन्य सहभागी बैंकहरु हिमालयन बैंकको रु। ३ अर्ब, नेपाल एसबिआइ।बैंकको ३ अर्ब र एभरेष्ट बैंकको २ अर्ब ५० करोड रुपैयाँसमेत गरी कूल प्रोजेक्ट फाइनान्स २९ अर्ब ६२ करोड ६० लाख रुपैयाँ रहेको छ ।

उक्त आयोजना जुन २०२९ भित्र निर्माण सम्पन्न भई विद्युत उत्पादन भएपश्चात वार्षिक करिब १०५६ गिगावाट आवर इनर्जी विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुको साथै ठूलो स्वतन्त्र ऊर्जा उत्पादक मध्य एकको रुपमा रहने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime