काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो ।
कम्पनीले सर्वसाधारणका लागि गत फागुन ११ देखि १५ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । उक्त अवधिभर १९ लाख ९ सय ७७ जनाले २ करोड ४४ लाख ८३ हजार २२० कित्ता माग गर्दै आवेदन दिएका छन् । जसमध्येबाट रितपूर्वक आवेदन दिएका भाग्यशाली १ लाख ८४ हजार ५०० जनाले १०÷१० कित्ताका दरले सेयर हात पारेका छन् । बाँकी १७ लाख १७ हजार जनाको हात रित्तो भएको छ ।
प्रतिक्रिया दिनुहोस्