Skip to content
Prabhu

एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले फागुन १८ गतेदेखि निष्कासन गरिरहेको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकको १० वर्षे अवधिको वार्षिक ७.५० प्रतिशत ब्याजदरको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ मा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।

बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । सोमध्येबाट १८ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँड गरिनेछ भने बाँकी १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँड हुनेछ । सर्वसाधारणमा बाँडफाँड हुने ऋणपत्रमध्येबाट पनि ६० हजार कित्ता सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरिएको छ ।

global
अर्घाखाँची सिमेन्ट

यो ऋणपत्रमा आवेदन दिँदा घटीमा २५ कित्ताका लागि दिनुपर्नेछ भने बढीमा १२ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ । यस ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपछि कर कट्टा गरेर भुक्तानी गरिनेछ ।

बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा निर्मित सफ्टवेय ‘मेरो सेयर’ अनलाईन प्रयोग गरेर पनि आवेदन दिन सकिनेछ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal