Skip to content
Prabhu

सिद्धार्थ केवलकारले साधारणसभा चैत १९ गते

काठमाडौं । सिद्धार्थ केवलकार लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको फागनु २२ गते बसेको सञ्चालक समितिको बैठकले आगामी चैत १९ गतेका लागि साधारणसभाको मिति घोषणा गरेको हो ।

उक्त साधारणसभा रुपन्देही जिल्लाको जोगीकुटीस्थित द फ्लामिङ्गो होटलमा दिउँसो १ बजे सभा बस्नेछ । सभामा चुक्ता पुँजीको १ः१.७५ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पेश गरिनेछ । त्यस्तै अधिकृत, जारी र चुक्ता पुँजी वृद्धि सहित प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, ऋण लिने, सञ्चालक समितिले गरेको कार्य अनुमोदन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव सभाका लागि तय गरिएका छन् ।

global
अर्घाखाँची सिमेन्ट

१५० करोड चुक्ता पुँजी रहने गरी लगानीमूलक कम्पनी स्थापना गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने, सेयरधनी हातेमालो कायर्मक्रम सञ्चालन गर्ने र सुविधा प्रदान गर्ने लगायतका प्रस्ताव पनि सभामा पेश गरिनेछ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal