Skip to content
Prabhu

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६७ खर्ब ४० अर्ब, कर्जा प्रवाह ५४ खर्ब ५१ अर्ब, सिडी रेसियो ८० प्रतिशतको हाराहारीमा

काठमाडौं । पछिल्लो समय बैंकहरुको कर्जा–निक्षेप अनुपात (सिडी रेसियो) ८० प्रतिशतको हाराहारीमा रहेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार सिडी रेसियो ७९.५६ प्रतिशत रहेको पुगेको हो ।

यो फागुन २० गतेसम्मको तथ्यांक हो । राष्ट्र बैंकले बैंकहरुलाई सिडी रेसियो अधिकतम ९० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको छ । तर, पछिल्लो समय बैंकहरुमा लगानी योग्ये रकम धेरै मात्रामा थ्रुपिएको छ । जसका कारण केन्द्रीय बैंकले हरेक हप्ताको आइतबार र बुधबार बजारबाट रकलाई प्रशोचन गर्दै आइरहेको छ ।

global
अर्घाखाँची सिमेन्ट

राष्ट्र बैंकका अनुसार हाल बैंक तथा वित्तीय संस्थाहरुमा ६७ खर्ब ४० अर्ब रुपैयाँ निक्षेस संकलन रहेको छ ५४ खर्ब ५१ अर्ब कर्जा प्रवाह भएको छ । यो वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुमा रहेको निक्षेप र कर्जा प्रवाहको तथ्यांक हो ।

राष्ट्र बैंकका अनुसार फागुन २० गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुमा मात्रै ६० खर्ब १५ अर्ब रुपैयाँ निक्षेप रहेको छ । त्यस्तै अन्य वित्तीय संस्थाहरुको निक्षेप ७ खर्ब २५ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै यो अवधिमा कुल ५४ खर्ब ५१ अर्ब कर्जा प्रवाह भएको छ । जसमध्ये वाणिज्य बैंकहरुबाट भएको कर्जा प्रवाह ४८ खर्ब ३९ अर्ब र अन्य वित्तीय संस्थाहरुबाट ६ खर्ब १२ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।

हाल अन्तर बैंक ब्याजदर ३ प्रतिशत रहेको छ । अहिले बैंकहरुमा अधिक तरलाताको अवस्था रहेको छ । जसले गर्दा केन्द्रीय बैंकले फागनु २१ गते मात्रै बैंकहरुबाट ५० अर्ब रुपैयाँ उठाएको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal