काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको १७ लाख भन्दा बढी कित्ता सेयरको लकइन समय आज सकिदै छ् । कम्पनीको १७ लाख ३४ हजार कित्ता सेयरको लकइन अवधि आजबाट सकिने भएको हो ।
हाल कम्पनीको संस्थापकतर्फको १७ लाख २१ हजार २५० कित्ता र कर्मचारीतर्फको १२ हजार ७५० गरी जम्मा १७ लाख ३४ हजार कित्ता सेयर लकइनमा रहेको छ । आज लकइन अवधि सकिने भएकाले यी सेयरहरू कारोबार गर्न सकिनेछ । यद्यपि कम्पनीको सञ्चालक सदस्यमा रहेका व्यक्ति र उच्च तहमा रहेका कर्मचारीले भने कारोबार गर्न नसक्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्