काठमाडौं । काठमाडौंको बसन्तपुरमा रंगीचंगी ध्वजाले सजाइएको तीनतले चीर ठड्याइपछि आजबाट रंगहरुको पर्व होली सुरु भएको छ ।फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ ।
यही प्रचलन अनुसार शुक्रबार बिहान मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएका छन् । साथै उनीहरुले एकअर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिएका छन् ।
आजै पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर परिसरमा पनि रंगीचंगी कपडा झुण्ड्याएर होली सुरु भएको जनाउ दिने गरिन्छ । फागुन २९ गते हिमाली तथा पहाडी जिल्लामा र चैत १ गते तराईर/मधेसका जिल्लामा होलीको सार्वजनिक बिदा दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्