Skip to content
Prabhu

उद्योगी विनोद चौधरीको कम्पनीले २४ करोड कीर्ते बीमा दाबी गरेको सर्वोच्चको ठहर

काठमाडौं । सर्वोच्च अदालतले सतुङ्गलस्थित गोदाममा भएको आगलागी प्रकरणमा उद्योगी विनोद चौधरीको कम्पनी सिजी इलेक्ट्रोनिक्सले क्षतिभन्दा बढी बीमा दाबी लिएको ठहर गरेको छ । न्यायाधीश नहकुल सुवेदी र महेश शर्मा पौडेलको इजलासले मंगलबार उच्च अदालतको फैसलालाई सदर गर्दै सिजी इलेक्ट्रोनिक्सले २४ करोड रुपैयाँ कीर्ते दाबी गरेको निर्णयलाई सदर गरेको हो ।

२०६९ असोज ८ मा सिजी इलेक्ट्रोनिक्सको सतुङ्गलस्थित गोदाममा आगलागी भएको थियो । सो घटनापछि चौधरी ग्रुपले ५९ करोड रुपैयाँ अग्नि बीमा दाबी गरेको थियो । जसमध्ये ३९ करोड रुपैयाँ युनाइटेड इन्स्योरेन्स कम्पनीले भुक्तानी गरिसकेको थियो । चौधरी ग्रुपको युनाइटेड इन्स्योरेन्स कम्पनीमा २६ प्रतिशतभन्दा बढी सेयर स्वामित्व छ । उक्त बीमा दाबीमा अनियमितता भएको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेपछि आयोगले २०७० जेठमा बीमा प्राधिकरण (तत्कालिन बीमा समिति) लाई अनुसन्धान गर्न निर्देशन दिएको थियो । बीमा समितिले बाँकी दाबी भुक्तानी रोक्दै अध्ययन समिति गठन गरेको थियो । जसले क्षतिभन्दा २४ करोड बढी बीमा दाबी गरिएको निष्कर्ष निकालेको थियो ।

global
अर्घाखाँची सिमेन्ट

समितिको प्रतिवेदनका आधारमा बीमा प्राधिकरणले ३ करोड २१ लाख रुपैयाँ बढी भुक्तानी भइसकेको भन्दै ब्याजसहित ४ करोड रुपैयाँ फिर्ता लिने निर्णय गरेको थियो । तर, सिजी इलेक्ट्रोनिक्स र तत्कालिन युनाइटेड इन्स्योरेन्सले सो निर्णयविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए । उच्च अदालतले पनि प्राधिकरणको निर्णयलाई सदर गरेको थियो । यस फैसलाविरुद्ध सिजी इलेक्ट्रोनिक्स र युनाइटेड २०७४ चैतमा सर्वोच्च अदालत पुगेका थिए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal