काठमाडौं । सुनचाँदीको भाउ बढ्ने क्रम जारी रहेको छ । यो मूल्य साताको पहिलो दिनको तुलनामा अन्तिम दिन शुक्रबार सुन तोलामा २ हजार १०० रूपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा पनि यो साता विहीबारसम्म निरन्तर बढेको मूल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार घटेको छ । साताको पहिलो दिन आइतबार सुन तोलामा १ लाख ६८ हजार १०० रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै सोमबार सुनको मूल्य स्थिर रहेको थियो भने त्यसपछिका तीन दिन भने सुनको मूल्य महंगिएको थियो ।
मंगलबार सुन तोलाको १ लाख ६९ हजार ५०० रूपैयाँ, बुधबार प्रतितोला १ लाख ७० हजार ४०० रूपैयाँ र बिहीबार प्रतितोला १ लाख ७० हजार ७०० रूपैयाँ पुगेको थियो । तर, सुनको मुल्य साताको पछिल्लो कारोबार भएको दिन, शुक्रबार तोलाको १ लाख ७० हजार २०० रूपैयाँ पुग्यो ।
यो साता नेपाली बजारमा चाँदीको मुल्य बढेको छ । साताको पहिलो दिन, आइतबार चाँदी प्रतितोला १ हजार ९१५ रूपैयाँ रहेको मुल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रतितोला १ हजार ९९० रूपैयाँ कायम भयो । यसरी, साताभरमा चाँदी तोलामा ७५ रूपैयाँले महंगिएको हो ।






प्रतिक्रिया दिनुहोस्