Skip to content
Prabhu

लगानी भित्र्याउने वातावरण बनाउन काँग्रेस नेता डा. कोइरालाको आग्रह

झापा । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले आर्थिक विकासका लागि विदेशमा रहेका नेपालीको लगानी भित्र्याउने वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् ।

पार्टीको पूर्वआप्रवास समन्वय विभागले आज बिर्तामोडमा आयोजना गरेको ‘स्वदेशदेखि विदेशसम्म’ विषयक कोशी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा उनले लगानीमैत्री वातावरण बनाउन सके मुलुक समृद्धिको मार्गमा जान समय नलाग्ने धारणा राखे । ‘हाइड्रोपावर, कृषि उत्पादन, जडीबुटी, पर्यटन प्रवद्र्धनलगायत क्षेत्रमा लगानी गरेर आयस्तर बढाउन सकिन्छ’, उनले भने, ‘यसका लागि सरकारले लगानीमैत्री वातावरण बनाउनुपर्छ ।’ विदेश जाने नेपालीलाई कम दक्ष, दक्ष र अध्ययन गरी तीन किसिममा प्रकारमा बाँड्नुपर्ने धारणा राख्दै नेता कोइरालाले देश विकासका लागि विदेशमा सिकेका सीप र आर्जेको पैसा स्वदेशमा लगानी गर्ने उत्साहजनक वातावरण बनाउन आवश्यक रहेकामा जोड दिए ।

global
अर्घाखाँची सिमेन्ट

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले जनतामा चुलिएको निराशा अन्त्य गर्ने अवसर नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई प्राप्त भएको भन्दै वर्तमाने गठबन्धनबाट बनेको सरकारले जनता केन्द्रित भएर काम गर्नुपर्नेमा जोड दिए । उनले विश्वमा अर्थतन्त्रको ढाँचा फेरिएको उल्लेख गर्दै उत्पादन गर्नेले भन्दा डिजाइन र बजारीकरण गर्नेले बढी मुनाफा आर्जन गरिरहेका बताए ।कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसी, सरिता प्रसाईँ, राजीव कोइराला, सुशीला ढकाल आचार्य, डा. गोविन्द पोखरेल, गोमा भट्टराई, दिनेश कोइरालालगायत वक्ताहरूले विदेशमा रहेका नेपालीलाई स्वदेशमा सीप र श्रमको सदुपयोग गर्ने नयाँ नीति र कार्यक्रमको खाँचो रहेको औँल्याएका थिए ।

दुई दिनसम्म सञ्चालन हुने अन्तरक्रियामा कोशी प्रदेशभरिका एक सय बढी प्रतिनिधिको सहभागिता रहेको विभागका कोशी प्रदेश संयोजक विज्ञानराज प्रसाईँले जानकारी दिए । कार्यक्रममा पूर्वआप्रवासीहरूको तथ्यांक संकलन, उनीहरूमा रहेको सीप र क्षमताको उपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा अन्तरक्रियात्मक छलफल हुने र छलफलमा उठेका विषयवस्तुको दस्ताबेज बनाएर पार्टी केन्द्रीय समितिमा बुझाइने उनले उल्लेख गरे ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal