Skip to content

सुनको मूल्य सामान्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

nabil bank

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । आज सुन तोलामा १०० रुपैयाँले बढेको छ भने चाँदी तोलामा ५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ७० हजार ३०० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिन सुन तोलामा १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार ९८५ रुपैयाँमा किन बेच भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलाको १ हजार ९९० रुपैयाँ रहेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime