Skip to content
Prabhu

आइएमई लाइफको साधारणसभा आज

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारणसभा आज आयोजना हुदैछ । कम्पनीको ८ औँ वार्षिक साधारणसभा काठमाडौंको धुम्बाराहीस्थित दियो महलमा बिहान ११ बजेदेखि शुरू हुनेछ ।

सभामा हाल कायम चुक्ता पुँजीको २१.०५२६४ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारितका लागि पेश गरिनेछ । त्यस्तै गत आर्थिक वर्षको वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै चालु आवको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरिनेछ ।

global
अर्घाखाँची सिमेन्ट

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएका खर्चहरू अनुमोदन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन् । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन १५ गते एक दिन बुक क्लोज गरिसकेको छ । बुक क्लोजका आधारमा फागुन १३ गतेसम्म कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal