Skip to content
Prabhu

आइजीआई प्रुडेन्सियलको साधारणसभा आज

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको साधारणसभा आज सम्पन्न हुँदैछ । कम्पनीको २७ औं वार्षिक साधारणसभा आज काठमाडौंको नक्सालस्थित आम्रपाली वैङ्क्वेटमा बिहान १० बजेदेखि शुरू हुनेछ ।

सभाले कम्पनीको चुक्ता पुँजीको ९.७३६८ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ । यसका साथै गत आर्थिक वर्ष (आव) को वित्तीय विवरणहरू पारित गरी चालु आवको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक समेत निर्धारण गर्नेछ । त्यसैगरी नियामक निकायबाट निर्देशन भए बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकमा भएको खर्च अनुमोदन गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ ।

global
अर्घाखाँची सिमेन्ट

सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन १२ गते बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा फागुन ११ गतेसम्म् कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal