Skip to content
Prabhu

बैंकिङ प्रणालीबाट २१ दिनका लागि २५ अर्ब प्रशोचन गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) पुनः बजारबाट २५ अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ । गत साताको बुधबार मात्रै ५० अर्ब रुपैयाँ बजारबाट खिचेको केन्द्रीय बैंकले आज पुनः २५ अर्ब रुपैयाँ खिच्न लागेको हो ।

पछिल्लो समय बैंकिङ प्राणालीमा अधिक तरलता बढ्दै जाँदा राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बैंकिङ प्रणालीबाट तरलता खिच्दै आएको छ । २१ दिन अवधीका लागि राष्ट्र बैंकले उठाउन लागेको २५ अर्ब रुपैयाँको साँवा तथा ब्याज बैंकहरुले चैत १७ गते फिर्ता पाउने छन् । राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तिय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष आउने अंक बराबरको निक्षेप राष्ट्र बैंकमा राख्न सक्ने बैंकले जनाएको छ ।

global
अर्घाखाँची सिमेन्ट

बैंकहरुले त्यसरी राखेको निक्षेपको ब्याजदर भने बोल कबोलका माध्यमबाट निर्धारण हुनेछ । अर्थात् सबैभन्दा थोरै ब्याजदर कबोल गर्ने बैंक तथा वित्तीय संस्थाको निक्षेप राष्ट्र बैंकले स्वीकार गर्ने राष्ट्र बैंकले जनाएको छ । त्यसका लागि आज दिउँसो ३ बजे अनलाई माध्यमबाट बोलकबोल गरिने छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal