Skip to content
Prabhu

पुस मसान्तसम्मको दाबी भुक्तानी लिन आउन सलिकोको आग्रह

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)ले गत पुस मसान्तसम्मको दाबी भुक्तानी लिन बीमितहरूलाई आग्रह गरेको छ । उक्त अवधिसम्म परेको दाबी निवेदनहरूमा केही कागजात अपुग रहेको र केहीको बीमित वा बीमितको प्रतिनिधि सम्पर्कमा नआएका कारण दाबी भुक्तानी प्रक्रिया रोकिएको कम्पनीले जनाएको हो ।

कम्पनीले दाबी भुक्तानी लिन बाँकी बीमितहरूलाई यथाशीघ्र आफूलाई पाएक पर्ने कम्पनीको जुनसुकै कार्यालयमा सम्पर्क गरी वा सम्बन्धित सर्भेयरसँग सम्पर्क गरी ३५ दिनभित्र दाबी भुक्तानी लिन आग्रह गरेको छ । तोकिएको समयमा पनि अपुग कागजात पेश नभए वा बीमित सम्पर्कमा नआए सम्बन्धित बीमितको दाबी फाइल बन्द गरिने कम्पनीले जानकारी दिएको छ ।

global
अर्घाखाँची सिमेन्ट
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal