Skip to content
Prabhu

करिब २ लाख कम्पनीले पेस गरेनन् कारोबारको विवरण

काठमाडौं । पछिल्लो समय कम्पनी दर्ता गर्ने र आवश्यक प्रक्रियाहरू पुरा नगर्ने कम्पनीको संख्या बढ्दै गएको छ । आवश्यक प्रक्रिया पुरा नगर्ने निजी, सरकारी तथा सार्वजनिक संस्थाहरूको संख्या अत्याधिक बढेको हो ।

कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार कार्यालयमा दर्ता भएका १ लाख ७३ हजार ७५ वटा कम्पनीले वार्षिक साधारणसभा मुनाफा बाँडफाँट लगायतका विवरणहरू पेश गरेका छैनन् । कार्यालयममा हालसम्म ३ लाख १६ हजार २२२ वटा कम्पनीहरू दर्ता भएका छन् । वार्षिक साधारण सभा, मुनाफा, घाटा, सञ्चालक समिति फेरबदल लगायतका विवरणहरू पेश नगर्नेमा सरकारी स्वामित्वका राष्ट्रिय बीमा कम्पनी लिमिटेड, नेपाल रेल्व कम्पनी लिमिटेड लगायतका संस्थाहरू रहेका छन् ।

global
अर्घाखाँची सिमेन्ट

कम्पनी ऐन, २०६३ को दफा ८० मा लगातार तीन आर्थिक वर्षसम्म विवरण पेश नगरेमा तथा कम्पनीले आफ्नो काराबार सञ्चालन नगरेमा कार्यालयले कम्पनीको दर्ता खारेज गर्न सक्ने व्यवस्था गरेको छ । सरकारले कम्पनी दर्ता खारेजका लागि समय–समयमा छुट सहितको व्यवस्था गरे पनि सरोकारावालाहरू नपुग्दा ठूलो संख्यामा रहेका बन्द तथा अलपत्र अवस्थामा रहेका कम्पनीहरू खारेज हुन सकेका छैनन् ।
कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएका कम्पनीको चुक्ता पुँजी २० खर्ब ३१ अर्ब रुपैयाँ रहेको छ । ती कम्पनीहरूको अधिकृत पुँजी भने हजार खर्ब माथि रहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal