Skip to content

च्याम्पियन्स ट्रफी क्रिकेट : उपाधिका लागि भारत र न्युजिल्यान्ड भिड्दै

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको उपाधिको छिनोफानो आज हुने भएको छ । आज दिउसो पौने ३ बजेदेखि सुरु हुने फाइनालमा भारत र न्युजिल्यान्ड भिड्दैछन् ।

फाइनल खेल दुबईमा हुनेछ । भारतले अस्ट्रेलियालाई र न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा पुगेका हुन् । समूह चरणमा यी दुई टोली एकै समूहमा रहेका थिए । जहाँ भारतले न्युजिल्याण्डलाई पराजित गरेको थियो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

आईसीसी प्रतियोगितामा यी दुई टोलीबीच हालसम्म १२ पटक भेट भएकोमा भारत र न्युजिल्यान्डले ६/६ खेल जितेका छन् । आईसीसी नकआउट प्रतिस्पर्धामा यी दुई टोलीबीच अहिलेसम्म ४ पटक भेट भएकोमा न्युजिल्यान्डले ३ खेल जितेको छ । न्युजिल्यान्डले सन् २००० को च्याम्पियन्स ट्रफी फाइनल, सन् २०१९ को विश्वकप सेमिफाइनल र सन् २०२१ को विश्व टेस्ट च्याम्पियन्स ट्रफी फाइनलमा भारतलाई हराएको छ । भारतले सन् २०२३ को विश्वकप सेमिफाइनलमा न्युजिल्यान्डलाई हराएको छ ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यी दुई टोलीबीच १ सय १९ पटक भेट भएकोमा भारतले ६१ र न्युजिल्यान्डले ५० खेल जितेको छ । यस्तै १ खेल बराबरीमा सकिँदा ७ खेल नतिजाविहीन छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्