काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको साधारणसभा सम्पन्न भएको छ । आइतबार कम्पनीको २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
सभाले चुक्ता पुँजीको ९.७३६८ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको छ । यसका साथै गत आर्थिक वर्ष (आव) को वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक समेत निर्धारणको विषय पनि टुङ्गिएको छ ।
त्यसैगरी नियामक निकायबाट निर्देशन भए बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकमा भएको खर्च र स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन लगायतका प्रस्ताव पनि पारित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्