काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको उपाधिका लागि भारत र न्युजिल्यान्ड मैदामा उत्रिएका छन् । दुबइमा टस जितर न्युजिल्यान्डले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
एउटै समूहमा रहेका यी दुई टोली बीचको समूहचरणको खेलमा भने भारतले बाजी मारेको थियो । सेमिफाइनलमा भारतले अस्ट्रेलियालाई र न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई हराउँदै उपाधि नजिक पुगेका थिए । आईसीसी प्रतियोगितामा यी दुई टोलीबीच हालसम्म १२ पटक भेट भएकोमा भारत र न्युजिल्यान्डले ६/६ खेल जितेका छन् । आईसीसी नकआउट प्रतिस्पर्धामा यी दुई टोलीबीच अहिलेसम्म ४ पटक भेट भएकोमा न्युजिल्यान्डले ३ खेल जितेको छ । न्युजिल्यान्डले सन् २००० को च्याम्पियन्स ट्रफी फाइनल, सन् २०१९ को विश्वकप सेमिफाइनल र सन् २०२१ को विश्व टेस्ट च्याम्पियन्स ट्रफी फाइनलमा भारतलाई हराएको छ । भारतले सन् २०२३ को विश्वकप सेमिफाइनलमा न्युजिल्यान्डलाई हराएको छ ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यी दुई टोलीबीच १ सय १९ पटक भेट भएकोमा भारतले ६१ र न्युजिल्यान्डले ५० खेल जितेको छ । यस्तै १ खेल बराबरीमा सकिँदा ७ खेल नतिजाविहीन छ ।
प्रतिक्रिया दिनुहोस्