Skip to content
Prabhu

साढे १८ अर्बको ट्रेजरी बिल नविकरण गर्दै सरकार

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आइतबार साढे १८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्ने भएको छ । कार्यालयले १८ अर्ब ५० करोडको ट्रेजरी बिल नविकरण गर्ने भएको हो ।

आन्तरिक ऋण उठाउने उद्देश्यले जारी गरेको उक्त रकम बराबरको ट्रेजरी बिलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले सहभागी हुन सक्ने छन् । कर्जा लगानी गर्न नसक्दा आन्तरिक ऋण उठाउने प्रयोजनका लागि सरकारले जारी गरेको ट्रेजरी बिलमा बैंक तथा वित्तीय संस्थाहरुले प्रतिस्पर्धा गर्न लागेको हुन् ।

global
अर्घाखाँची सिमेन्ट

कार्यालयका अनुसार २८ दिनका लागि ५ अर्ब, ९१ दिनका लागि ८ अर्ब ५० करोड बराबरको र ३६४ दिनका लागि ५ अर्ब बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागिएको हो । यो ट्रेजरी बिल क्रमशः २०८१ चैत २६ गते , २०८२ जेठ २७ गते र २०८२ फागुन २६ गते भित्र परिपक्व हुनेछ । २८ दिन, ९१ दिन र ३६४ दिन अवधि रहने ट्रेजरी बिलको लागि सोमबार १० बजे देखि ३ बजेसम्म आवेदन दिन सकिने छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal