Skip to content
Prabhu

च्याम्पियन्स ट्रफी फाइनल : न्युजिल्यान्डद्वारा भारतलाई २५२ रनको लक्ष्य

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको उपाधिका भारतलाई न्युजिल्यान्डले २५२ रनको लक्ष्य दिएको छ । टस जितर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारीत ओभरमा ७ विकेट गुमाएर २५१ रन बनाएसँगै भारतले २५२ रनको लक्ष्य पाएको हो ।

पहिले ब्याटिङ गरेको न्युजिल्यान्डका लागि डेरिल मिचेलले सर्वाधिक ६३ रनको योगदान दिए । त्यस्तै माइकल ब्रेसवेलले पनि टोलिका लागि ५३ रनको योगदान दिए । त्यस्तै रचिन रविन्द्रले ३७ रनको योगदान दिए भने ग्लेन फिलिप्सले ३४ रनको पारी खेले ।

global
अर्घाखाँची सिमेन्ट

भारतका लागि वरुण चक्रवर्ती र कुलदिप यादवले समान २/२ विकेट लिए । त्यस्तै मोहमद सामी र रविन्द्र जडेजाले समान १/१ विकेट लिए ।
एउटै समूहमा रहेका यी दुई टोली बीचको समूहचरणको खेलमा भने भारतले बाजी मारेको थियो । सेमिफाइनलमा भारतले अस्ट्रेलियालाई र न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई हराउँदै उपाधि नजिक पुगेका थिए ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal