Skip to content
Prabhu

राज्यलाई बढी आयकर तिर्ने सिद्धार्थ राणाको विश्लेषणः केही व्यक्तिले फाइदा लिए,बुवा लोकतान्त्रिक राजावादी 

काठमाडौं । उद्यमी सिद्धार्थ राणा व्यक्तितर्फ सबैभन्दा बढी आयकर तिर्ने उद्यमीमा पर्छन् । सार्वजनिक कार्यक्रममा खासै नदेखिने राणा आइतबार होटल याक एण्ड यतीमा प्रभाकर शमशेर राणाको बारेमा बोल्नको लागि सार्वजनिक कार्यक्रममा उपस्थित थिए । नेपाल भारत उद्योग वाणिज्य संघ(निक्की)ले आयोजना गरेको प्रथम प्रभाकर शमशेर राणा लेक्चर सिरिज मा राणाले प्रभाकर शमशेर राणाको योगदान र पछिल्लो समय सरकारको आर्थिक नीतिको विषयमा विश्लेषण गरे । उनले व्यक्त गरेको विचार ।
अर्घाखाँची सिमेन्ट
Hyundai
सबैभन्दा पहिले त नेपाल–भारत चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीलाई मेरा पिता प्रभाकर शमशेर जवराको सम्झनामा कार्यक्रम आयोजना गरेकामा धन्यवाद दिन चाहन्छु । मलाई लाग्छ, नेपाल जस्तो देशका लागि उहाँ जस्ता कैयौँ व्यक्तिहरु अझै पनि आवश्यक छ ।
एक वाक्यमा भन्नुपर्दा प्रभाकर शमशेर जबरा राष्ट्रबादी, राजसंस्थाबादी र लोकतन्त्रवादी हुनुहुन्थ्यो । धेरैलाई राजसंस्थाबादी र लोकतन्त्रबादी कसरी एउटै व्यक्ति हुनसक्छ भन्ने लग्नसक्छ ।
उहाँको जन्म राणाकालीन समयमा सिंहदरबारमा भएको हो । उहाँलाई जन्मसँगै राजनीतिक रुपमा विशेषाधिकार पनि प्राप्त भएको थियो । उहाँको परिवार तत्कालीन समयमा नेपालको शक्तिशाली परिवारमामा पर्दथ्यो । तर पनि जीवनमा कहिल्यै पनि परिवार र राजसंस्थाप्रतिको निकटताकै कारण देशभित्र र देशबाहिर कुनै पनि प्रकारको लाभ भने लिनुभएन ।
उहाँ भन्नुहुन्थ्यो, मेरो सबैभन्दा ठूलो उपलब्धि भनेको राम्रो शिक्षा ग्रहण गर्नु हो । तत्कालीन समयमा भारतको दार्जिलिङमा गएर शिक्षा लिनु सहज थिएन । काठमाडौँबाट पहाडको बाटोमा घोडामा चढेर कैयौँ दिनपछि अमलेखगञ्ज हुँदै भारत जानुपर्ने अवस्था थियो । उहाँ भन्नुहुन्थ्यो, यदि मैले राम्रोसँग शिक्षा लिन नपाएको भए आफूहरुले जीवनमा उल्लेख्य प्रगति गर्न हुँदैनथ्यो ।
मलाई आज यहाँ उभिएर भन्दा गर्व लाग्छ कि उहाँको योगदान व्यापारमा मात्रै होइन राष्ट्रिय हितका विषयमा राजनीतिक दल, दरबारलगायतसँगको सकारात्मक सम्बन्ध स्थापित गर्नमा पनि उत्तिकै थियो । साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पनि उहाँको पहुँच र सम्बन्ध निकै राम्रो थियो । उहाँकै सोच र दृष्टिकोणकै कारण नेपालको राजनीतिक घटनाक्रममा सकारात्मक प्रभाव पारेको छ भन्ने मेरो बुझाइ छ ।
उहाँ पहिलो पुस्ताको उद्यमी हुनुहुन्थ्यो । औपचारिक शिक्षा प्राप्त गरिसकेपछि केही समय राष्ट्रिय योजना आयोगमा काम गर्नुभयो । तर सरकारी सेवामा काम गर्दा चित्त नबुझेपछि उहाँले न्यूयोर्क जानुभयो ।
नेपाल फर्केपछि उहाँको भेट मेरी आमासँग भेट भयो । मेरी आमाको घर भारतमा थियो । आमाका अंकल नेपाल आउनुभएको समयमा उहाँहरुबीच भेट भएको थियो । आमाकै सल्लाहमा आमासँगै बुबा भारतको पटनामा गएर सँगै पढ्नुभयो । तत्कालीन समयको समाजका लागि यो सहज भने पक्कै पनि थिएन । तर परिवारले निकै सहजताका साथ लियो ।
पारिवारिक रुपमा प्राप्त राजनीतिक अधिकारलाई छाडेर उहाँ उद्यमशीलतातर्फ आकर्षित हुनुभयो । यसका लागि आमाले पनि निकै सहयोग गर्नुभएको थियो । नेपालमा सोल्टी होटल खोलेपछि उहाँले भारतको मुम्बईमा गएर होटल म्यानेजमेन्ट पनि पढ्नुभयो । नेपालमा सोल्टी होटल सञ्चालनमा कठिनाइ भएपछि उहाँले नै नेपालमा अन्तर्राष्ट्रियस्तरको चेन होटल ल्याउनुभयो । तत्कालीन समयमा नेपालमा विदेशी ब्राण्ड ल्याउन, उनीहरुसँग सहकार्य गर्न र सम्झौता गर्नका लागि राजा महेन्द्रलाई मनाउनका लागि उहाँले निकै संघर्ष गर्नुपरेको थियो ।
तत्कालीन समयमा नेपालमा विदेशी कम्पनीसँग काम गर्नका लागि निकै गाह्रो थियो । नेपालमा तत्कालीन समयमा विदेशी लगानी ल्याउन, सीप र प्रविधि हस्तान्तरणका सम्बन्धमा पनि उहाँको योगदान थियो । त्यसबाहेक नेपालको पर्यटन, जलविद्युत्, अटोमोबाइल तथा होटल क्षेत्रको विकासमा निकै ठूलो योगदान छ ।
नेपालमा पछिल्लो समय सरकारका नीतिहरु अन्यौलमा फसेका छन् । केही व्यक्ति विशेषले फाइदा लिने अवस्था छ । शक्तिमा भएपनि मेरो बुवाले त्यो फाइदा लिनु भएन ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्