Skip to content
Prabhu

प्रथम प्रभाकर  राणा मेमोरियल लेक्चर सम्पन्न, नेपालको अर्थतन्त्रमा राणाको योगदानको चर्चा 

काठमाडौं। नेपाल–भारत उद्योग वाणिज्य संघको संस्थापक अध्यक्ष स्वर्गीय प्रभाकर एसजेबी राणाको स्मरण तथा सम्मानमा ‘प्रथम प्रभाकर एसजेबी राणा मेमोरियल लेक्चरः लिडरसिप, भिजन एण्ड लिगेसी’नामक कार्यक्रमको आयोजना गरेर मनायो ।
global
अर्घाखाँची सिमेन्ट
संघले संस्था स्थापना भएको ३० बर्ष भएको अवसर पारेर स्वर्गीय राणामा सम्मान तथा स्मरणमा यो कार्यक्रमको आयोजना गरेको हो । संघका अध्यक्ष सुनिल केसीले स्वर्गीय प्रभाकर राणा नेपालको निजी क्षेत्रबाट एक प्रकारले ईमान्दारितापूर्वक आफ्नो कर्तव्य पूरा गरेर स्वच्छ र स्वस्थ रूपमा पनि उद्यम गर्न सम्भव रहेको मान्यता स्थापित गरेर देखाएको र यसरी निस्ठा पूर्वक गरेको व्यापार ब्यबसाय पनि कालान्तर सम्म सफलतम रूपमा राष्ट्रिय अर्थतन्त्रमा आफ्नो योगदान दिन सक्दछ भन्ने उदाहरण प्रस्तुत गरेकोले पनि उक्त प्रयासको सम्मानमा यो लेक्चर कार्यक्रमको आयोजना गरेको बताए ।
 त्यस्तै नेपालको औद्योगिक विकासका लागि विदेशी लगानीलाई लिएर नेपालको औद्योगिक विकासलाई सफलतम रूपमा व्यवस्थापन गर्न सकिन्छ भनेर उहाँकै अगुवाइमा भारतीय कम्पनी आईटीसीलाई नेपालमा ल्याएको, त्यसै गरी नेपालको भारत सँगको व्यापार साझेदारीलाई गति दिन आवश्यक रहेको मनन गरी विभिन्न ब्यबसायिक प्रतिष्ठानहरुरोजगारी सिर्जना गर्न सकिन्छ भन्ने अर्को मान्यता पनि उहाँले स्थापित गरेको र जसको ज्वलन्त उदाहरणको रूपमा सूर्य नेपाल प्रा.लि., भोटेकोशी हाईड्रोपावर कम्पनी, सिप्रदी ट्रेडिङ· प्रालि. लगायत अन्य कम्पनीहरू तथा विभिन्न संस्थाहरू रहेको बताए । यसरी संघको संस्थापकको सम्मानको थालनीले भविष्यमा अझ थप ऊर्जा प्राप्त हुने उनले बताए ।
संघका निवर्तमान अध्यक्ष  सिर्जना राणाले पनि स्वर्गीय राणा नेपालको अग्रणी तथा दूरदर्शी व्यवसायी रहेको जसले नेपालको पर्यटनको विकासको लागी आप्mनो ठूलो योगदान दिएको बताइनन्।  पर्यटनको विकास र प्रबद्र्धनको लागी सम्पूर्ण होटेल तथा ट्राभल क्षेत्रको विकासको लागी एकजुट बनाउँदै होटेल एसोसिएसन नेपाल तथा पाटा नेपाल च्याप्टरको स्थापना गर्नुभयो भन्दै उहाँको सम्मानमा आज यो लेक्चर कार्यक्रमले थप ऊर्जा प्रदान गरेको बताइन् ।
भारतीय दूतावासका डेपुटी चीफ अफ मिसन प्रसन्न श्रीवास्तवाले नेपाल–भारत उद्योग वाणिज्यको बढोत्तरी गर्न विगत देखी वर्तमान सम्म नेपाल–भारत उद्योग वाणिज्य संघले निर्वाह गरेको भूमिका अत्यन्त सह्रानीय रहेको बताउँदै नेपाल–भारत सम्बन्धमा वर्तमान समयमा अझ थप उचाईमा पुगेको बिचार ब्यक्त गरे ।
विगत लामो समय देखी अघि बढ्न नसकिरहेको नेपाल–भारत द्विपक्षीय वाणिज्य सचिव स्तरिय समितिको बैठक हालै सम्पन्न भएको छ भने नेपाल र भारतमा रहेका नागरिकहरुले आ–आप्mनो देशमा भुक्तानी पठाउन एसबिआई बैंक मार्फत युनोकार्ड र रुपे एम मार्फत सहज रूपमा भुक्तानी गर्ने ब्यबस्था हुनु जस्ता ब्यबस्थाले दुईदेशबीचको जन–जनबीचको सम्बन्ध सुद्रिढ बनेको बताउँदै आगामी दिनमा यो सम्बन्ध अझ सुदृढ हुंदै जाने बिश्वास ब्यक्त गर्दै संस्थापक अध्यक्ष राणाको सम्मानमा लेक्चर कार्यक्रमको शुरुवात सकारात्मक रहेको बताए ।
नेपाल–भारत उद्योग वाणिज्य संघले प्रकाशनमा ल्याउंदै गरेको ‘बिजिनेश क्लाईमेट सर्भे फर ईण्डियन कम्पनीज ईन नेपाल’ नामको अनुसन्धानात्मक अध्ययन पुस्तकले भारतीय लगानीकर्ताहरुको लागी नेपालमा लगानीको वातावरणको अवस्था र अवसरका वारेमा बुभ्mन उपयुक्त  मागदर्शक हुने बिश्वास ब्यक्त गरे।
कार्यक्रममा स्वर्गीय प्रभाकर शमशेर जबराका सपुत्र सिद्धार्थ शमशेर ज ब राणाले बुवाको बारेमा बताउँदै भने, हामी आज हाम्रो ब्यबसायहरु आईटीसी, टाटा, भारत पेट्रोलियम तथा अन्य अन्तर्राष्ट्रिय विभिन्न ठूला विदेशी साझेदारहरुसंग गरी रहेका छौं । तर,हामी आवद्ध कुनैपनि ब्यबसायमा बुवाले कहिल्यै तत्कालिन समयमा राजपरिवारसंग रहेको आफ्नो सम्बन्ध र निकटतार बिशेष प्रकारको अधिकारको दुरुपयोग गर्ने गरेको वा त्यस्तो गलत लाभ लिने नगरेको बताए ।
उनले  प्रभाकर शमशेर ज ब राणाले आप्mनो अध्ययन पछि राष्ट्रिय योजना आयोगमा केही समय काम गर्नुभएको तर उक्त काम आप्mनो लागी नभएको भनेर छोडेर पछि राष्ट्रसंघमा काम गरेको तथा१९६०को दशकमा सोल्टी होटलको शुरुवात गर्नुभयो भने त्यसमा ओवराय जस्तो प्रख्यात ब्राण्डलाई नेपालको होटेल व्यवस्थापन क्षेत्रमा लिएर आउनुभएको बताए ।
 त्यस्तै बुवाले नै नेपालमा अन्तर्राष्ट्रिय ब्राण्डहरुसंगको साझेदारी र उनीहरुसंगको व्यवस्थापन सम्झौतालाई ब्यबहारिक बनाएर अधि बढ्न सक्यो भने ब्यबसायलाई स्थापित गर्न सकिन्छ भन्ने मान्यतालाई स्थापित गर्न लागी परेको बताए । बुवा  नेपालका पहिलो उद्यमी हुनुहुन्छ जसले अन्तर्राष्ट्रिय ब्राण्ड र साझेदारीलाई स्थापित गर्नुका साथै सफल बनाउनु ठूलो योगदान दिए ।
आज नेपाल–भारत उद्योग वाणिज्य संघले जुन लेक्चर कार्यक्रमको आयोजना गरेर बुवालाई सम्मान गरेको छ त्यसको लागी आभार ब्यक्त गदै आगामी दिनमा सहकार्य गर्न सकिने बताए ।
कार्यक्रमका प्रमुख वक्ता रहेको अन्तर्राष्ट्रिय मुद्रा कोषका कार्यकारी निर्देशक डा. कृष्णमुर्थि भेन्कटा सुब्रमन्यनले संघले शुरुवात गरेको प्रथम प्रभाकर एसजेबी राणा मेमोरियल लेक्चरको प्रथम प्रमुख बक्ताको रूपमा आफूलाई आमन्त्रित गरेकोमा खुसी ब्यक्त गर्दै उनले समाबेशी विकास कथिन कार्य रहेको तर भारतले पछिल्लो समयमा समावेशी रूपमा विकास हासिल गरेको बताउँदै सहि र उच्चतम नैतिकताका साथमा समग्र आर्थिक विकास गर्न सम्भव रहेको बताए ।  भारत पछिल्लो समय उच्चतम नैतिकताका साथ आर्थिक प्रगति तर्फ बढ्दै गरेको बताए ।
कार्यक्रममा नेपाल–भारत उद्योग वाणिज्य संघले प्रकाशन गरेको बिजनेश क्लाईमेट सर्भे २०२४ नामक पुस्तकको पनि सार्वजनिक गरेको। छ।
कार्यक्रमको अन्त्यमा संघका उपाध्यक्ष एवं सूर्य नेपालका प्रबन्ध निर्देशक रबि रायभरमले उपस्थित सम्पूर्णलाई धन्यबाद ब्यक्त गरे ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal