Skip to content

उपकार लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट

nabil bank

काठमाडौं । सोमबारको सेयर कारोबार जारी रहँदा उपकार लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । समग्र सेयर बजार परिसूचक समेत घटेर कारोबार भइरहेको अवस्थामा यो कम्पनीमा सर्किट लागेको हो ।

यो कम्पनीको सेयर मूल्य ४१६ रुपैयाँ ७० पैसाले घटेर ३ हजार ७५० रुपैयाँ ३० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो । यो अवस्थामा समग्र सेयर बजार परिसूचक पनि १९ दशमलव २५ अंकले घटेर २७५२ दशमलव ८४ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ५ अर्ब ५९ करोडको कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime