Skip to content

वाणिज्य बैंकहरुको नाफा ३६ अर्ब बढी, सबैभन्दा धेरै नाफा नबिलको, नेपाल बैंकको १५६ प्रतिशतले वृद्धि

nabil bank

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा वाणिज्य बैंकहरुको नाफा ३६ अर्ब भन्दा बढी नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २० वटा वाणिज्य बैंकहरुले माघ मसान्तसम्मको अवधिमा ३६ अर्ब ६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएका हुन् ।

चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा वाणिज्य बैंकहरुको नाफा गत आवको सोही अवधिको भन्दा १.६२ प्रतिशतले बढेको छ । बैंकहरुले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ३५ अर्ब ४९ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । समीक्षा अवधिसम्म ९ वटा बैंकको नाफा बढेको छ भने ११ वटाको घटेको छ । समीक्षा अवधिसम्म सर्वाधिक नाफा कमाउने बैंकमा नबिल बैंक रहेको छ । नबिल बैंकले चालु वर्षको माघसम्म ४ अर्ब १ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको भन्दा ०.६२ प्रतिशतले धेरै हो । बैंकले गत आवको सोही अवधिमा ३ अर्ब ९८ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

नाफा धेरै कमाउने बैंकको दोस्रो नम्बरमा ग्लोबल आइएमई बैंक रहेको छ । यो बैंकले गत आवको सोही अवधिको भन्दा ४५.०१ प्रतिशतले नाफा बढाएर ३ अर्ब ९८ करोड ५ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा यस्तो नाफा २ अर्ब ६८ करोड २९ लाख रुपैयाँ रहेको थियो । त्यस्तै यो अवधिमा धेरै नाफा कमाउने तेस्रो नम्बरमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ । यो बैंकले समीक्षा अवधिसम्म ३ अर्ब ४३ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको भन्दा ४४.५२ प्रतिशतले धेरै हो । बैंकले गत आवको सोही अवधिमा २ अर्ब ३८ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यसैगरी चालु आर्थिक वर्षको माघसम्म एभेष्ट बैंकले २ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिमो भन्दा २९.३४ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको सोही अवधिमा यो बैंकले १ अर्ब ९८ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा नेपाल बैंकले २ अर्ब ४५ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको छ । यते गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५६.३१ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा यो बैंकले ९५ करोड ९१ लाख रुपैयाँ नाफा कमाएको थियो ।
त्यस्तै यो अवधिमा एनएमबि बैंकले २ अर्ब ३४ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा यो बैंकको यस्तो नाफा १ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै प्राइम बैंकले चालु आर्थिक वर्षको माघ मसान्तसम्म २ अर्ब १८ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो बैंकको नाफा चालु आर्थिक वर्षको ७ महिनामा गत आवको सोही अवधिको भन्दा १४.३१ प्रतिशतले घटेको छ । यो बैंकले गत आवको ७ महिनाको अवधिमा २ अर्ब ५४ करोड ६९ लाख रुपैयाँ नाफा गरेको थियो ।

चालु आर्थिक वर्षको माघसम्म स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ८३ करोड ८५ लाख रुपैयाँ, प्रभु बैंकले १ अर्ब ८३ करोड ८६ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले १ अर्ब ५८ करोड ९६ लाख रुपैयाँ, हिमालयन बैंकले १ अर्ब ४७ करोड २४ लाख रुपैयाँ र सानिमा बैंकले १ अर्ब ३७ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । त्यस्तै माघसम्म राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब २३ करोड ८६ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकले १ अर्ब ६ करोड १७ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ९६ करोड ८१ लाख रुपैयाँ, सिटिजन्स बैंकले ९० करोड २६ लाख रुपैयाँ, सिद्धार्थ बैंकले ८५ करोड ५१ लाख रुपैयाँ, कृषि विकास बैंकले ७९ करोड ९९ लाख रुपैयाँ, कुमारी बैंकले ७३ करोड ८६ लाख रुपैयाँ र एनआईसी एसिया बैंकले ४६ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime