Skip to content
Prabhu

च्याम्पियन्स ट्रफीको उपाधि भारतलाई, न्युजिल्यान्ड ४ विकेटले पराजित 

काठमाडौं । न्युजिल्यान्डलाई हराउँदै भारतले आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि जितेको छ । दुबईमा आइतबार भएको फाइनलमा भारतले न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै उपाधि जितेको हो ।

न्युजिल्यान्डले दिएको २५२ रनको लक्ष्य भारतले ४९ ओभरमा ६ विकेट गुमाएर भेटायो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ७६ रनको पारी खेले । त्यस्तै श्रेयस अय्यरले ४८, केएल राहुलले नटआउट ३४ रन बनाए । न्युजिल्यान्डका कप्तान मिचेल सान्टनर र माइकल ब्रेसवेलले २/२ विकेट लिए ।

global
अर्घाखाँची सिमेन्ट

यसअघि टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले ५० ओभरमा ७ विकेट गुमाएर २५१ रन बनाएको थियो । न्युजिल्यान्डका ड्यारेल मिचेलले ६३ रन बनाए । त्यस्तै माइकल ब्रेसवेलले नटआउट ५३ रन बनाए । भारतका वरुण चक्रवर्ती र कुलदीप यादवले २/२ विकेट लिए ।

भारत प्रतियोगितामा अपराजित रहँदै विजेता बनेको हो । भारत तेस्रो पटक च्याम्पियन्स ट्रफी जित्ने पहिलो टोली पनि बनेको छ । भारत यसअघि सन् २००२ मा संयुक्त विजेता र २०१३ मा विजेता बनेको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal