Skip to content
Prabhu

एमबीएल इक्विटी फण्डमा चैत ७ गतेसम्म आवेदन दिने सकिने

काठमाडौं । फागुन २२ गतेदेखि निष्कासनमा रहेको सामूहिक लगानी कोष “एमबीएल इक्विटी फण्ड” मा आवेदन दिने म्याद थपिएको छ । निष्कासन बन्द छिटोमा फागुन २६ गते र ढिलोमा चैत ७ गते हुने भनिएकोमा पर्याप्त आवेदन नपरेकाले चैत ७ गतेसम्म आवेदन अवधि थपिएको हो ।

यद्यपि चैत ७ गतेभन्दा अघि नै पर्याप्त आवेदन परेको खण्डमा निष्कासन बन्द गरिने पनि जनाएको छ । यसमा प्रतिइकाई १० रुपैयाँका दरले जम्मा १२ करोड इकाई निष्कासन गर्न लागिएको हो । जसमध्ये १ करोड ६८ लाख इकाई कोष प्रवद्र्धक माछापुच्छ्रे बैंक र १२ लाख इकाई योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई सुरक्षित गरिएको छ ।

global
अर्घाखाँची सिमेन्ट

यसरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणका लागि निष्कासन गरिएको हो । यसमा आवेदन दिँदा घटीमा १०० र बढीमा १ करोड २० लाख इकाईका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अुनमति पाएका सबै आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै मेरो शेयर अनलाईन मार्फत् आवेदन दिन सक्नेछन् ।

यो फण्ड १२ वर्षे बन्दमुखी प्रकृतिको योजना हो । यसको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal