काठमाडौं । सोमबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंकले घटेर र बन्द भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक १ दशमलव ९२ अंकले घटेर बन्द भएको हो ।
आजको प्रि ओपन सेसन पछि नेप्से परिसूचक २७७० दशमलव १७ विन्दुमा पुगेको छ । त्यस्तै आजको यो सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ६६ अंकले घटेर ४६२ दशमलव ६२ विन्दुमा पुगेको छ ।
आजको उक्त सेसनमा १६ कम्पनीको सेयर मूल्य बढेको छ भने २६ कम्पनीको घटेको छ । सोमबारको प्रि ओपन सेसनमा ४३ कम्पनीका १० हजार ७५ कित्ता सेयर १०७ पटक खरिद बिक्री हुँदा १ करोड ६७ हजार २२८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्