काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले सबैले किन्न पाउने गरी उक्त सेयर बिक्रीमा राखेको हो ।
उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५०० रुपैयाँ तोकिएको छ । खरिदकर्ताले आफूले किन्न चाहेको सेयर र सोको मूल्य समेत तोकेर ७ दिन भित्र निवेदन दिनु पर्नेछ । निवेदन मोरङ्ग, कटहरी–२ स्थित कम्पनीको कार्यालय वा काठमाडौंको बालुवाटारस्थित एनएमबि क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) मा पेश गर्नु पर्नेछ ।
प्रतिक्रिया दिनुहोस्