काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिको बैठक सोमबार बस्ने भएको छ । सोमबार ३ बजे बस्ने कार्यकारिणी समितिको बैठकले कोषाध्यक्ष पदमा नियुक्त गर्ने सम्भावना रहेको छ ।
महासंघमा मंसिरदेखि कोषाध्यक्ष पद रिक्त रहेको छ । कोषाध्यक्ष पदमा निर्वाचित भएका सुर्खेतका निरक केसीको पदावधि सकिएको छ । त्यसपछि महासंघमा कोषाध्यक्ष पद रिक्त रहेको छ । महासंघ सम्बन्ध स्रोतका अनुसार कोषाध्यक्ष पदमा कार्यकारिणी समितिका सदस्य भरत आचार्य नियुक्त हुने सम्भावना बढी रहेको छ । अध्यक्ष चन्द्र ढकालले कोषाध्यक्षमा भरत आचार्यलाई अगाडि सार्ने र त्यसपछि सहमति जुट्ने सम्भावना रहेको महासंघका एक कार्यकारिणी सदस्यले बताए ।
महासंघले विशेष साधारणसभा गरेर विधान संसोधन गरेको छ । जस अनुसार आगामी वर्ष महासंघको अध्यक्ष अञ्जन श्रेष्ठ हुनेछन् । आगामी वर्ष बरिष्ठ उपाध्यक्षको लगि अप्रत्यक्ष निर्वाचन हुने छ । अञ्जन श्रेष्ठको कार्यकाल सकिएपछि भने अध्यक्षको निर्वाचन प्रत्यक्ष हुने छ।
प्रतिक्रिया दिनुहोस्