काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बिकाश खनालले पदबाट राजिनामा दिएका छन् । उनको राजिनामा कम्पनीको फागुन २५ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत समेत गरेको छ ।
उनको राजिनामा चैत २१ गतेदेखि लागु हुने कम्पनीले जनाएको छ । त्यस्तै कम्पनीका वित्त प्रमुख तथा कम्पनी सचिव उमेश कुमार उपाध्यायले राजिनामा दिएका छन् । उनको राजिनामा पनि कम्पनीले स्वीकृत गरेको छ । उपाध्यायको राजिनामा २०८१ साल चैत २६ गतेदेखि लागु हुनेगरी स्वीकृत भएको हो ।
प्रतिक्रिया दिनुहोस्