Skip to content
Prabhu

राप्रपालाई काठमाडौं महानगरको १ लाख जरिवाना

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत निम्ति आइतबार आयोजित कार्यक्रम क्रममा विमानस्थल, तिलगंगा, गौशाला लगायत सार्वजनिक क्षेत्रमा भौतिक क्षति पुग्नुका साथै जथाभाबी फोहोर गरिएको भन्दै काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई १ लाख रूपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ । कार्यक्रममा सहभागी व्यक्तिहरूबाट सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आइल्यान्ड र त्यहाँ रहेका बिरूवाका साथै रेलिङहरूमा भौतिक क्षति पुगेको र जथाभाबी फोहोरमैला गरी वातावरण प्रदूषण गरिएको महानगरपालिकाले जनाएको हो ।

महानगरका नगर प्रहरी निरीक्षक लिलाराज गाछा थापा मगरले राष्ट्रिय प्रजातन्त्र पार्टीका नाममा पठाएको चिठीमा फोहोरमैला व्यवस्थापन ऐन २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ र आर्थिक ऐन २०८१ बमोजिम एक लाख रूपैयाँ जरिवाना गरिएको उल्लेख छ ।

global
अर्घाखाँची सिमेन्ट
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal