Skip to content
Prabhu

युनाईटेड मोदीको साधारणसभा चैत २७ गते

काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको फागुन २५ गते बसेको सञ्चालक समितिको बैठकले आगामी चैत २७ गते ११ औँ वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो ।

उक्त सभा कालीमाटी बैङ्क्वेट हलमा बिहान ११ बजेदेखि सुरु हुने छ । सभाले यसअघि १ः१ को अनुपातमा निष्कासन गर्ने भनिएको हकप्रद सेयर संशोधन गरी १ः०.६५ को अनुपातमा निष्कासन गर्ने, अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने, हकप्रद निष्कासका बाँकी आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।

global
अर्घाखाँची सिमेन्ट

त्यस्तै गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालु आवको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र अन्य लगानीयोग्य क्षेत्र खोजेर सोमा लगानी गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ । साधारणसभा प्रयोजनार्थ कम्पनीले चैत ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । बुक क्लोजको आधारमा चैत ७ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन सक्नेछन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal