Skip to content
Prabhu

दुई हजार पुग्यो गार्डियन माइक्रो लाइफको सेयर मूल्य

काठमाडौं । सोमबारको सेयर कारोबार जारी रहँदा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य २ हजार रुपैयाँ पुगेको छ । अघिल्ला दिनहरुमा सकारात्मक सर्किट लागेर कारोबार भइरहेको यो कम्पनीको सेयर मूल्य आजको कारोबार जारी रहँदा १६४ रुपैयाँ ६० पैसाले बढेर २ हजार रुपैयाँ पुगेको हो ।

कारोबारमा आएको दिन देखि सर्किट लागेको कम्पनीको सेयर मूल्य आज अघिल्लो दिनको भन्दा ८.७३ प्रतिशतले बढेर कारोबार भइरहेको छ । यो समाचार तयारपार्दासम्म समग्र सेयर बजार परिसूचक भने ८ दशमलव १९ अंकले घटेर कारोबार भइरहेको छ । यो अवधिमा सेयर बजारमा ४ अर्ब ६३ करोड माथिको कारोबार भएको छ ।

global
अर्घाखाँची सिमेन्ट
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal