Skip to content
Prabhu

बैंक तथा वित्तीय संस्थामा एकै दिन ५ अर्बको निक्षेप संकलन, २ अर्बले बढ्यो कर्जा प्रवाह

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा एकै दिन ५ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार एकै दिन ५ अर्ब निक्षेप संकल भएको छ भने २ अर्बको कर्जा प्रवाह भएको हो ।

राष्ट्र बैंकको तथ्यांक अनुसार फागुन २० गते ६७ खर्ब ४० अर्ब रुपैयाँ रहेको बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन फागुन २१ गते ६७ खर्ब ४५ अर्ब पुगेको छ । त्यस्तै फागुन २० गते ५४ खर्ब ५१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा २१ गतेसम्म ५४ खर्ब ५३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । यो वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुमा भएको निक्षेप र कर्जा प्रवाहको तथ्यांक हो ।

global
अर्घाखाँची सिमेन्ट

पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थामा ६७ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप संकलन हुँदा वाणिज्य बैंकहरुमा मात्रै ६० खर्ब २० अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । त्यस्तै अन्य वित्तीय संस्थाहरुमा भने यस्तो निक्षेप ७ खर्ब २५ अर्ब रहेको छ । कुल कर्जा प्रवाहमध्ये वाणिज्य बैंकहरुको कर्जा लगानी ४८ खर्ब ४१ अर्ब पुगेको छ । फागुन २० गतेको भन्दा यो २ खर्बले बढी हो । त्यस्तै अन्य वित्तीय संस्थाहरुबाट यो अवधिमा ६ खर्ब १३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।

पछिल्लो समय बैंकहरुमा लागनी योग्य रकम प्रयाप्त मात्रामा रहेको छ । जसले गर्दा राष्ट्र बैंकले बजारबाट रकम उठाइरहनु परेको छ । आज मात्रै केन्द्रीय बैंकले २५ अर्ब रुपैयाँ बजारबाट उठाउँदै छ । पछिल्लो समय बैंकहरुको कर्जा–निक्षेप अनुपात (सिडी रेसियो) ७९.५४ प्रतिशत रहेको छ । फागुन २० गते सिडी रेसियो ७९.५६ प्रतिशत रहेको थियो । राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार बैंकहरुले सिडी रेसियो ९० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको छ । हाल अन्तर बैंक ब्याजदर पनि ३ प्रतिशत रहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal