काठमाडौं । सोमबार सेयर बजार दोहोरो अंकले घट्दा पनि एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । आजको कारोबार बन्द हुँदा ४४ कम्पनीको सेयर मूल्य बढेर कारोबार हुँदा नेष्डो समृद्ध लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
यो कम्पनीको सेयर मूल्य आज ९.९८ प्रतिशत अर्थात् २२१ रुपैयाँले बढेर २ हजार ४३६ रुपैयाँ पुगेको छ । त्यस्तै आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा गार्डियन माइक्रो लाइफ, विन नेपाल लघुवित्त, स्वाभिमान लघुवित्त र ग्रिन डेभलपमेन्ट बैंक रहेका छन् । आज गार्डियन माइक्रो लाइफको सेयर मूल्य १६० रुपैयाँ ६० पैसाले बढेर २ हजार रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८.७३ प्रतिशतले बढी हो ।
त्यस्तै आज विन नेपाल लघु वित्तको सेयर मूल्य पनि ८.५३ प्रतिशत अर्थात् २७५ रुपैयाँले बढेर ३ हजार ५०० रुपैयाँ पुगेको छ । स्वाभिमान लघुवित्तको सेयर मूल्य पनि आज ५७ रुपैयाँ ४० पैसाले बढेर १ हजार ९५८ रुपैयाँ ४० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ३.०२ प्रतिशतले धेरै हो । आज ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य २.५६ प्रतिशत अर्थात् ३४ रुपैयाँ ७० पैसाले बढेर १ हजार ३८७ रुपैयाँ ७० पैसा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्