Skip to content
Prabhu

यी हुन सोमबार सेयर बजारमा धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनी

काठमाडौं । सोमबार सेयर बजार २० अंकले घटेर बन्द भयो । कारोबार भएका कम्पनीमध्ये १९१ वटा कम्पनीको सेयर मूल्य घटेर कारोबार भएको दिन सबै भन्दा धेरै सेयर मूल्य उपकार लघुवित्तको घटेको छ ।

यो कम्पनीको सेयर मूल्य अघिल्लो दिनको भन्दा ६.९८ प्रतिशतले घटेर कारोबार भएको हो । आजको कारोबार बन्द हुँदा यो कम्पनीको सेयर मूल्य २९१ रुपैयाँले घटेर ३ हजार ८७६ रुपैयाँ पुगेको छ । त्यस्तै आज धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा सिक्लेस हाइड्रोपावर, आइसीएफसी लिमिटेड डिबेन्चर २०८८, सान्जेन जलविद्युत कम्पनी र माहालक्ष्मी विकास बैंक रहेका छन् ।

global
अर्घाखाँची सिमेन्ट

आजको कारोबार बन्द हुँदा सिक्लेस हाइड्रोको सेयर मूल्य ७६ रुपैयाँले घटेर १ हजार २२० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ५.८६ प्रतिशतले कम हो । त्यस्तै आज आइसीएफसी डिबेन्चरको सेयर मूल्य ५३ रुपैयाँ ९० पैसाले घटेर १ हजार ४६ रुपैयाँ १० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ४.९० प्रतिशतले कम हो ।

त्यस्तै आज सान्जेन जलविद्युत कम्पनीको सेयर मूल्य ३.८५ प्रतिशत अर्थात् १४ रुपैयाँले घटेर ३५० रुपैयाँ पुगेको छ । आज महालक्ष्मी विकास बैंकको सेयर मूल्य पनि १६ रुपैयाँ १० पैसाले घटेर ४०५ रुपैयाँ ९० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ३.८२ प्रतिशतले कम हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal