काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेको पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । पाँडेले राष्ट्र बैंकका गभर्नरसमक्ष शपथ ग्रहण गरेका हुन् ।
बैंकको गत मंगलबार बसेको सञ्चालक समितिको बैठकले उनलाई अध्यक्ष चयन गरेको थियो । पाँडेले प्रचलित कानुन तथा नियमानुसार सोमबार नेपाल राष्ट्र बैंकमा एक कार्यक्रमबिच गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्