काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनामा चालु खाता १ खर्ब ६६ अर्ब ८० करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ६२ अर्ब ५२ करोड रुपैयाँले बचतमा थियो ।
तथ्यांक अनुसार अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २२ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २४ करोडले बचतमा रहेको छ । त्यस्तै समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु.५ अर्ब ८३ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु.३ अर्ब ८० करोड रहेको थियो ।
त्यसैगरी, समीक्षा अवधिमा रु.७ अर्ब ४५ करोड प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) रु.५ अर्ब १९ करोड रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्