Skip to content

अमेरिकाले ८३ प्रतिशत ‘यूएसएआईडी’ कार्यक्रम रद्द गर्दै : विदेशमन्त्री

nabil bank
Doug Burgum, US secretary of the interior, from left, Marco Rubio, US secretary of state, and US President Donald Trump during a cabinet meeting at the White House in Washington, DC, US, on Wednesday, Feb. 26, 2025. Elon Musk's demand that more than two million federal employees defend their work is facing pushback from other powerful figures in the Trump administration, in a sign that the billionaire's brash approach to overhauling the government is creating division. Photographer: Al Drago/Bloomberg via Getty Images

वासिङटन । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सोमबार अमेरिकाले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) का ८३ प्रतिशत कार्यक्रमहरू रद्द गरिरहेको बताएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरीमा एक कार्यकारी आदेशमा हस्ताक्षर गरे, जसमा उनको प्रशासनलाई विदेशमा खर्चको मूल्यांकन गर्न समय दिनको लागि सबै अमेरिकी वैदेशिक सहायता रोक्न माग गरिएको थियो ।

‘छ हप्ताको समीक्षा पछि, हामी आधिकारिक रूपमा युएसएआईडीका ८३ प्रतिशत कार्यक्रम रद्द गर्दै छौं,’ रुबियोले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा उल्लेख गरे ।

‘अहिले रद्द गरिएका पाँच हजार २०० सम्झौतामा अरबौं डलर खर्च गरिएको थियो, जुन संयुक्त राज्यको मूल राष्ट्रिय हितहरूसँग मेल खाँदैन (र केही अवस्थामा हानि पनि पुर्याएको) थियो ।’

‘यूएसएआईडीले विश्वभर अमेरिकी मानवीय सहायता प्रदान गर्दछ । लगभग १ सय २० देशमा स्वास्थ्य र आपतकालीन कार्यक्रमहरू सञ्चालन गर्दछ ।’

रुबियोले सोमबार विशेष गरी सरकारी विभागहरूमा लागत कटौती र रोजगार कटौती गर्ने अभियानमा अरबपति एलोन मस्कको नेतृत्वमा रहेको सरकारी दक्षता विभाग (डीओजीई) लाई धन्यवाद दिए ।

ट्रम्प र उनका सहयोगीहरूले विदेशी सहयोग बेकार भएको र अमेरिकी हितमा नरहेको तर्क गरेका छन् । साथै, सहायता कटौतीले कमजोर मानिसहरूको जीवन जोखिममा पार्न सक्ने सहायता समूहहरूले तर्क गरेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime