काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले फागुन २० गतेदेखि लिलाम मार्फत् बिक्री खुला गरेको सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले लिलाम प्रक्रिया मार्फत बिक्री गर्न लागेको ८० हजार कित्ता संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।
कम्पनीले उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य २११ रुपैयाँ तोकेको छ । सेयर खरिदका लागि आवेदन दिँदा सम्पूर्ण कित्ता सेयर खरिदका लागि आवेदन दिनु पर्नेछ । यसमा विद्यमान संस्थापक सेयरधनी लगायत सर्वसाधारण व्यक्ति वा संघसंस्था सबैले आवेदन दिन सक्नेछन् ।







प्रतिक्रिया दिनुहोस्