Skip to content

एनआईसी एसिया क्यापिटलद्वारा एनआरएन र एनआरओलाई लक्षित गरी ल्यायाे ‘अफर फर सेल्स’ सेवा

nabil bank

काठमाडाैं  । एनआईसी एसिया क्यापिटल(NICCL)ले गैरआवासीय नेपाली (NRNs) र नेपाल बाहिर बसोबास गर्ने नेपाली (NROs)लाई लक्षित गरी विशेष डायस्पोरा खाता संचालन तथा धितोपत्रको दोस्राे बजारमा सूचीकृत भएका तथा नभएका कम्पनीहरुको संस्थापक सेयर खरिद बिक्री गर्न सहज गराउन ‘Offer for Sale-OFS’ संचालनमा ल्याएको छ ।

एनआईसी एसिया क्यापिटलले विगत लामो समयदेखि आफ्नो मर्चेण्ट बैंकिङ सेवाअन्तर्गत विभिन्न कम्पनीहरुलाई संस्थागत परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।

सोही सेवालाई थप परिस्कृत गर्ने क्रममा एनआईसी एसिया क्यापिटलले “One-Stop Solution” सेवा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ डायस्पोरा खाता सेवा संचालनमा ल्याएको हाे ।

यस सेवा गैरआवासीय नेपाली ( NRNs) तथा नेपाल बाहिर बसेर गरी नेपालमा आफ्नो व्यवसाय स्थापना वा विस्तार गर्न चाहने उद्यमी/लगानीकर्ताहरू व्यवसाय स्थापना वा विस्तार गर्ने क्रममा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्यहरु यस एन आई सी एशिया क्यापिटलमार्फत गर्न सकिने व्यवस्था मिलाएको छ । उक्त सेवाले लगानीकर्ताहरुलाई एकिकृत रुपमा वित्तीय, कानुनी र कम्पनी संचालनको क्रममा आवश्यकता अनुसारको सम्पूर्ण सहयोग गर्दछ ।

यो सेवा विषेश रुपमा नेपालमा आर्थिक वृद्धिलाई बढावा दिँदै गैरआवासीय नेपालीहरू (NRNs) र नेपाल बाहिर बसोबास गर्ने नेपालीहरू (NROs) लगायत विश्वभर छरिएर बसोबास गरिरहेका नेपालीहरुलाई नेपालमा व्यापार व्यवसाय स्थापना तथा संचालन गर्नको लागि सहजिकरण गर्ने महत्वपूर्ण भूमिका निर्भाह गर्नु हो ।

डायस्पोरा खाता सेवाको मुख्य विशेषताहरु :

लन्च प्याड (स्टार्टअप आवश्यक): कम्पनी दर्ता, कम्पनीको मूल्यांकन, कानुनी तथा अनुपालन र आवश्यक लगानी रकम संकलन गरिदिने ।

ग्रोथ क्याटालिस्ट (व्यवसाय विस्तार): इक्विटी लगानी, इक्विटी÷उद्यम पूँजी व्यवस्थापन, वित्तीय विश्लेषण र विदेशी प्रत्यक्ष लगानी(FDI) सम्बन्धमा परामर्श ।

क्यापिटल एज (बजार पहुँच): निष्काशन तथा बिक्री प्रबन्धक, RTA/RTS सेवाहरू, पूँजी सङ्कलन र नियामक निकायले तोके बमोजिमको कार्यसम्पादन ।

इनसाइट ३६० (परामर्श सेवा) : वित्तीय विश्लेषण, कम्पनी मूल्याङ्कन, इक्विटी लगानी र व्यवसाय संचालनमा आवश्यक परामर्श ।

परामर्श किन लिने : डायस्पोरासँग सम्बन्धित सम्पूर्ण विषयमा “One-Stop Solution” ।

सम्बन्धित क्षेत्रमा लामो अनुभव भएका व्यक्तित्वहरुमार्फत सेवा उपलब्ध ।

कम्पनी स्थापना वा विस्तार, IPO निष्काशन गर्ने देखि धितोपत्रको दोस्राे बजारमा सूचीकरण गरी सेयरधनी विवरण अद्यावधिक गरी राख्ने सम्मको कार्य एकीकृत रुपमा लिन सकिने ।

विदेशमा बस्ने कुनै पनि नेपालीले सोझै https://forms.office.com/r/NZwSY5pdSG/ यो लिङ्कमा क्लिक गरि फारम भरेर सुरु गर्न सकिनेछ ।

धितोपत्रको दोस्राे बजारमा सूचीकृत भएका तथा नभएका कम्पनीहरुको संस्थापक शेयर खरिद बिक्री गर्न सहज गराउन “Offer for Sale-OFS” संचालनमा ल्याएको हाे ।

एनआईसी एशिया क्यापिटलले विगत लामो समयदेखि आफ्नो मर्चेण्ट बैंकिङ सेवाअन्तर्गत धितोपत्रको दोस्राे बजारमा सूचीकृत भएका तथा सूचिकृत नभएका कम्पनीहरुको संस्थापक शेयरधनीहरुको सेयर प्रचलित कानुनबमोजिम खरिद बिक्री गराइदिनेसम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ ।

सोही सेवालाई थप परिस्कृत गर्ने क्रममा नेपालमा सूचिकृत कम्पनीहरुको संस्थापक समूहको शेयर खरिद बिक्री गर्न निकैनै कानुनी प्रकृया पुरा गर्नुपर्ने देखिन्छ । त्यसै गरी सूचिकृत नभएका पब्लिक कम्पनीहरुको संस्थापक समूहको सेयरसमेत कारोवार गर्न निकै झन्झटिलो प्रकृया रहेको र लगानीकर्ताहरुले चाहेको समयमा खरिदकर्ता तथा बिक्रीकर्ता नपाउँदा संस्थापक शेयरमा गरिएको लगानी फ्रिज भएर बसेको गुनासो लगानीकर्ताहरुबाट बारम्बार सुनिने गरेको हुँदा संस्थापक सेयर खरिद बिक्रीको लागि One Stop Solution उपलब्ध गराउने मुख्य उद्देश्यका साथ एनआईसी एशिया क्यापिटलले Offer for Sale (OFS) Platform संचालनमा ल्याएको छ ।

जसअन्तर्गत क्यापिटलले संस्थापक समूहको शेयर बिक्री तथा खरिद गर्न चाहने लगानीकर्ताहरुलाई अनलाईन मार्फत Common Platform बाट आफुले खरिद बिक्री गर्न खोजेको कम्पनीको विवरण रितपूर्वक क्यापिटलको वेभसाईट मार्फत उपलब्ध गराउनु पर्ने छ । उक्त विवरणको आधारमा क्यापिटलले सम्बन्धित कम्पनीको सेयर खरिदकर्ता वा बिक्रीकर्ता खोजि प्रचलित नियम कानुनअनुसार सेयर नामसारी सम्बन्धी आवश्यक प्रकृया अगाडि बढाउने छ ।
Offer for Sale (OFS) Platform को विशेषता देहायबमोजिम छन् ।

सहज बिक्री प्रकृया : संस्थापक समूहको शेयर बिक्री गर्न चाहने सम्बन्धित शेयरधनीहरुले क्यापिटलको वेभसाईटमा माग गरे बमोजिमको विवरण रितपुर्वक भरे पश्चात् उक्त विवरणको आधारमा सम्बन्धित कम्पनीको शेयर खरिदकर्ता खोजिदिने कार्य क्यापिटलले गर्ने छ ।

सहज खरिद प्रकृया : कुनै पनि कम्पनीको संस्थापक समूहको शेयरमा लगानी गर्न चाहने लगानीकर्ताहरुलाई सोको विवरण उपलब्ध गराए पश्चात् क्यापिटलले उक्त कम्पनीको शेयर खोजि दिने कार्य गर्ने छ ।

सुरक्षित र गोपनियता कायम रहने ।

सम्बन्धित शेयर खरिदकर्ता तथा बिक्रीकर्ताको विवरण अति सुरक्षित तथा गोपनियता कायम हुने गरी प्राप्त विवरण सम्बन्धित अधिकारीले आवश्यक अध्ययन गरेर शेयर खरिद बिक्री सम्बन्धी आवश्यक प्रकृया अगाडि बढाउनेछ ।

सहज र सर्वसुलभ : सम्बन्धित व्यक्ति तथा संस्थाहरुले आफूले खरिद बिक्री गर्न चाहेको सम्बन्धित कम्पनीको विवरण सहजै रुपमा स्वदेश तथा विदेशको जुन सुकै स्थानबाट पनि सहज र सर्वसुलभ रुपमा अनलाईन मार्फत विवरण उपलब्ध गराउन सक्नुहुने छ ।

खरिद बिक्री मूल्य निर्धारण गर्नको लागि Valuation Report उपलब्ध गराइनेः सम्बन्धित कम्पनीको Valuation गरेर संस्थापक समूहको सेयरको खरिद/बिक्री गर्नको लागि उचित प्रति सेयर खरिद बिक्री मूल्य निर्धारण गर्न सहयोग गर्ने ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime