Skip to content

कामना सेवा विकास बैंकको १ लाख बढी कित्ता संस्थाप सेयर बिक्रीमा

nabil bank

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले १ लाख भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै किन्न पाउने गरि १ लाख ११ हजार ४५३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयर किन्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले किन्न चाहेको सेयर विवरण खुलाई निवेदन दिनु पर्नेछ ।

तोकिएको म्यादभित्र संस्थापक सेयरधनीहरूबाट सेयर खरिदका लागि आवेदन नपरेको खण्डमा सो सेयर सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime