Skip to content

नेपाल इन्स्योरेन्सको साधारणसभाको मिति घोषणा

nabil bank

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी चैत १९ गतेका दिन ७६ औं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।

उक्त सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे सभा बस्ने छ । सभामा हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको प्रस्ताव पेश गरिनेछ । साथै चुक्ता पुँजीको ४० प्रतिशत (पछि संशोधन हुन सक्ने) हकप्रद सेयर र बोनस सेयर जारी गरेपछि कम्पनीको जारी तथा चुक्ता पुँजी बढ्ने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभासमक्ष पेश गरिने छ ।

त्यसैगरी गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालु आवको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र संस्थागत सामािजक उत्तरदायित्व अन्तर्गत भएका खर्चको अनुमोदन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन् । सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । बुक क्लोजको आधारमा चैत ६ गतेसम्म कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime