काठमाडौं । आजको सेयर कारोबार जारी रहँदा महालक्ष्मी विकास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । मंगलबारको सेयर कारोबार जारी रहाँदा महालक्ष्मी विकास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
बैंकको सेयर मूल्य ४० रुपैयाँ ५० पैसाले बढेर ४४६ रुपैयाँ ४० पैसा पुगेको हो । यो अघिल्लो दिनको भन्दा ९.९८ प्रतिशतले धेरै हो । यो अवस्थामा समग्र सेयर बजार परिसूचक पनि २ दशमलव ६८ अंकले बढेर २७५४ दशमलव १० विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा २ अर्ब ३६ करोड माथिको कारोबार भएको छ ।






प्रतिक्रिया दिनुहोस्