काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले १ लाख भन्दा बढी कित्ता संस्थाप सेयर बिक्रीमा राखेको छ । बैंकले विद्यमान संस्थाप सेयरधनीहरुले मात्रै किन्न पाउने गरि १ लाख ३९ हजार ९८४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
सेयर किन्न इच्छुक सेयरधनीले आगामी ३५ दिन भित्र आफूले किन्न चाहेको सेयर विवरण खुलाई काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ । तोकिएको म्याद भित्र संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन नपरेमा सो सेयर सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ ।







प्रतिक्रिया दिनुहोस्